निरज चौधरी सुन्दरहरैचा । नेपाली काङ्ग्रेसकी महिला नेतृ भगवती पौडेलले सुन्दरहरैचा नेपाली काङ्ग्रेसका नगर सभापती भक्तीप्रसाद सिटौलालाई काङ्ग्रे पार्टी छोड्न आग्रह गरेकी छिन ।नेपाली कांग्रेसका मेयरका उम्मेद्वारलाई हराएर कांग्रेस हुँ भन्दै कांग्रेसको खोल ओढ्ने नेता कार्यकर्ता चाहिँदैन, आजैदेखि बहिस्कार गरौँ, म सच्चा कांग्रेसी हुँ, बोल्न डराउँदिनँ भन्दै निवर्तमान मेयर शिवप्रसाद ढकालले आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा नेतृ पौडेलले नगरसभापतिलाई कांग्रेसमा बसि रहन नैतिकताले नदिने भन्दै पार्टी छाड्न आग्रह गरेकी हुन ।
स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका मेयरका उम्मेदवारलाई हराउन एमाले संग पैसामा बिकेको भन्दै सभापति सिटौलाले पार्टी छोड्नु पर्ने धारणा पौडेलले राखेकी थिइन ।सभापति सिटौलाले आम काङ्ग्रेस कार्यकर्ता र आम सुन्दरहरैचा नगरवासीको मन रुवाउनु भएको छ । उहालाई काङ्ग्रेस हु भन्ने अधिकार नरहेको बताउदै आफै काङ्ग्रेस नछाडे आम कार्यकर्ताले गलत्याएर निकाल्ने बताइन ।
पौडेलले भनिन,’ आफ्नै उम्मेदवार विरुद्द वागी उम्मेदवार उठाउदै हिड्नु भयो । सभापती सिटौलाले चुनावमा सात सुर्यमा भोट माग्नु भयो, उहालाई काङ्ग्रेस कार्यकर्ताले माफि नदिने समेत बताइन ।
शनिबार नेपाली काङ्ग्रेसबाट विजयी उम्मेदवार र आम कार्यकर्तालाई बधाई तथा धन्यवाद दिन सुन्दरहरैचा नगरपालिकाका निवर्तमान मेयर तथा मेयर पदका प्रत्याशी उम्मेदवार शिवप्रसाद ढकालले इन्द्रपुर जेसिजको सभाहलमा कार्यक्रमको आयोजना गरेका हुन ।