इटहरी । महिला सञ्जाल इटहरीको ६औं वार्षिक साधारण सभा एक कार्यक्रमको आयोजना गरि मनाइयो । महिला हक अधिकारका क्षेत्रमा काम गर्ने उद्धेश्यले २०७३ सालमा स्थापना गरिएको महिला सञ्जाल इटहरीको ६औं बार्षिक साधारण सभा औपचारिक कार्यक्रमको आयोजना गरिएको हो ।
सञ्जालकी अध्यक्ष कमला खड्काको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव योशा गुरागाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
साथै इटहरी उपमहमानगरका तर्फबाट महिलाका हक हितमा पनि आफुले सकेको सहयोग गर्ने इटहरी उपमहानगरपालिकाकी उप प्रमुख संगीता चौधरीले बताएकी छन् ।
वाइट
सचिव गुरागाईले प्रस्तुत गरेको प्रतिवेदनमा पिडित महिलाहरुलाई उद्धार तथा न्यायलय जान प्रेरित गरिएको ,मेलमिलाप तालिम सञ्चालन गरेको घरेलु हिंसामा परेका महिलाहरुलाई न्यायको पहुँच सम्म पुर्याउदै आएको उल्लेख गरिएको छ । सो कार्यक्रममा सञ्जालकी सस्थापक अध्यक्ष लक्ष्मी गौतम निवर्तमान अध्यक्ष विमला ढकाल,सस्थाकी उपाध्यक्ष सुभद्रा प्याकुरेल लगायतले सञ्जालका विषयमा बोलेका थिए ।