टिँकु कुमार साह सप्तरी
सप्तरीको बिकट राजगढ गाउँपालिकामा एक समाहरो बिच शुक्रबार नवनिर्वाचित पदाधिकारीलाई पदस्थान गराईएको छ ।
राजगढ गाउँपालिकाले नवनिर्वाचित गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डललाई विधिवत रुपमा पुजापाठ गराइ पदस्थापन गराइएको हो । पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष मण्डलले पहिलो निर्णय एम्बुलेन्स खरिद गरिर्ने बताएको छ । राजगढ गाउँपालिकामा एम्बुलेनस नहुदा बिरामीहरुलाई बाहिर पठाँउन समस्या हुनेगरेकाले गाउँपालिका बाँसिहरुका लागि सहजताका लागि एम्बुलेन्स खरिद गर्नलागेको जानकारी नवनिर्वाचित अध्यक्ष मण्डलले दिए । एम्बुलेन्स खरिद गरि त्यसलाई चलाउनका लागि कार्यविधि बनाएर गाउँपालिका बासिन्दालाई केही राहत दिनेछौं तर गाउँपालिकाका स्थानीयलाई सेवा दस्तुर कति छुट दिनेबारे केही खुलाएनन् ।
पदभार ग्रहण पछि आयोजित कार्यक्रममा लोकतान्त्रि समाजवादी पार्टीका नेता तथा राजगढ गाउँपालिका अध्यक्षका प्रतियासि समुसहरु यादवले जनताको सेवामा सबैदललाई मिलाए अघि बढ्न सुझाव दिए । गाउँपालिकाको बिकासलागि आन्तरिक तथा बाहिय पर्यटक लयाउन विभिन्न पोखरि,दह तथा मठमन्दिमा सौन्दिकरणमा ध्यान दिन आग्रह गरे त्यसैगरि कृषिमा यान्त्रिककरण, उन्नत बीउ र मलखादको समयमा व्यवस्था गरिदिन ध्यानाकर्षण गराए । अबको केही दिनपछि धान रोपाई हुनेछ तर मलखाद नपाईरहेको अवस्थामा छिटोभन्दा छिटो मलखादको व्यवस्थामा लाग्ने आग्रह गरे । किसानका समस्या मलखाद, बिउ र सिचाईकालागि पहल कदम भुमिका निभाउनुहोस । हामी प्रतिपक्षमा रहेपनि राम्रो कामको तारिफ र नराम्रो कामको आलोचना गर्छाैं । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता गजेन्द्र मण्डलले राजगढ गाउँपालिकाको समग्र बिकासका लागि स्थानीय स्तरवाट पञ्चवर्षीय योजना छनोट गरेर अगाडि बढन सुझाव दिए । राजगढ गाउँपालिकाको वडा न ६ निकै पछाडि परेको वडा हो त्यहा केही नेता छैन कि उनले प्रशन गर्दै सो वडाको बिकासमा ध्यान दिई एक सच्चा जनप्रतिनिधिको भुमिका निभाउनुहोस नेता मण्डलको तर्क छ । यसैगरि एक वडा एक सामुदायिक विद्यालय छनोट गरि अग्रेजि माध्यमा पठनपाठन गराउन सुझाव दिए ।
राजगढ गाउपालिका अध्यक्ष ओमप्रकाश मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष तराकान्त चौधरी रहेका थिए । प्रमुख अतिथि चौधरीले आफ्नो पार्टी जनमुखी बिकासमा लाग्ने छ । म उहाँसँग बसेर अगामि योजना बनाएर गाउँपालिका कसरी चलाउने भने छिटै जनतामाझ लयाउने प्रतिवधता व्यत गरे । कार्यक्रममा एमाले नेता देवनाथ यादव,पवन कुमार यादव, झुटकि थनाका ईनचार्ज सुरेन्द्र यादव, सडक बोडका डाईरेकटर बिजय झा लगायत निर्वाचित वडा अध्यक्ष र प्रतियासि उमेदवहरुले शुभकामना मन्तव दिएका थिए ।
यद्यपि राजगढ गाउँपालिकाले शुक्रबार पदस्थापना गरिने कार्यक्रम राखेको भएपनि उपाध्यक्ष रञ्जुदेवि मण्डल कार्यक्रममा उपस्थित थिएन ।