इटहरी । पाथिभरा जब लिंक टाईटल स्पोन्सर रहेको ‘लिटिल मिस्टर एण्ड मिस इटहरी ’२०७९’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनालेबाट लिटिल मिस्टर तर्फ रिहान दाहाल र लिटिल मिस तर्फ नम्रता श्रेष्ठले उपाधी हासिल गर्न सफल भएका छन् । सनिवार इटहरीमा अवस्थित प्रिमियर बेन्क्विटको हलमा सम्पन्न उक्त शो इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको हो । बिजेता दाहाल जनता मावि र श्रेष्ठ कन्चनजंघा मन्टेस्वरीमा अध्ययनरत छन् । साना साना बालबालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाका संचालक तुलसी घिमिरेले बताए ।कार्यक्रममा एनजिओसीसी सुनसरीका पुष्प भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम इश्वरी सिग्देलले गरेका हुन् । ग्राण्ड फिनालेबाट फर्स्ट रनरअप ब्लुमिङ किन्डरगार्डेन मन्टेश्वरीका अर्चित भट्टराई र रीयाना ओझा घोषित भए भने ममता किन्डरगार्डेन मन्टेश्वरी स्कुलकका दृश्य बराल र कन्चनजंघाकी बिमिशा रेग्मी सेकेण्ड रनरअप बन्न सफल भए । कार्यक्रममा लेखक तथा साहित्यकार सोभित घिमिरे विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको चिफ जज रोशन श्रेष्ठ थिए भने अन्य जजहरुमा मनिता तामाङ र माधव केसी रहेका थिए ।