बेलबारी । स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएका मोरङ बेलबारी नगरपपालिकाका अध्यक्ष डि.पि राईले पदभार ग्रहण गरेका छन् ।


जिल्ला निर्वाचन कार्यालयका प्रमुख बाट सपथ लिएसंगै स्थानीय प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानुनी ब्यवस्था भए अनुसार पालिका उपप्रमुख वडाध्यक्ष सहित निर्वाचित सदस्यहरुलाई सपथ गराएक थिए ।

sapat 01


वडा नं. १ देखि ११ का वडाध्यक्ष, पालिका उपप्रमुख, वडाका सदस्यहरुलाई सपथ ग्रहण गराएसंगै बेलबारी नगरपालिकाको कार्यालयमा आई उनले पदभार ग्रहण गरेका हुन् । निर्वाचित जनप्रतिनीधिहरुको टोलीलाई कार्यालयका कर्मचारीहरुले फूलमाला सहित स्वागत संगै पालिकामा प्रवेश गरी नवनिर्वाचित रइले कार्यालय पदभार ग्रहण गरेका छन् ।


स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुलाई मूख्य निर्वाचन कार्यालयका अधिकृत मोरङ अदालतका मुख्य न्यायाधीश भरत लम्सालबाट विराटनगर महानगरपालिकाको सभा हलमा शपथ ग्रहण गराइएको थिए ।

sapat 02