बेलबारी । बेलबारी नगरपालिका वडा नं. ५ कसेनिमा संञ्चालित धन्पाल क्रसर उद्योगमा आज दिउसो करिव ३ बजे एक टिफरमा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ । यस धन्पाल क्रसर उद्योग मनोज बस्नेतले संञ्चालन गरि राख्नु भएको थियो ।
ना ४ ख १६४५ नम्बरको टिफर सफा गर्न भनि हाइडोलिक उठाउने क्रममा हाइटेन्सन लाईनमा छुदा र.बि ट्रेडस नामक टिफरको चालक (नगेन्द्र कार्की)को मृत्यु भएको छ । नगेन्द्र कार्की हाल सलकपुर घर भई घरको दुई दाजुभाई मध्ये कान्छो छोरा भएको उहाँको दाजुले बताउनु भएको छ ।
नगेन्द्र कार्कीको सव कानुनि प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि हस्पिटल लगिने प्रहरीले जानकारी दिनु भयो ।









