इटहरी  इटहरीमा नेकपा एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको आरोप लागेको छ । नेकपा एकीकृत समाजवादीबाट इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका केशवकुमार विष्टका छोरा कैलाश विष्टको समूहले कुटपिट गरेको पीडित सुवेदीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । सुबेदीका अनुसार बिहान ७ बजे  आक्रमण भएको र आक्रमण हुनुभन्दा १५ मिनेट अघि फेसबुकमा ज्यान मार्ने धम्कीसहित म्यासेज आएको बताएका छन् । सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पूर्व–पश्चिम राजमार्गमा एमालेका कार्यकर्ताहरूले नाराबाजीसहित प्रर्दशन गरिरहेका छन् ।प्रर्दशनका कारण अहिले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्व भएको छ । अहिले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।