सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकामा पहिलो खाता नेपाली कांग्रेसले खोलेको छ। सुन्दरहरैंचा नगरपालिका वडा २ मा बिबश प्रधानको प्यानल नै बिजय भएको छ। निकटतम प्रतिद्वन्दी नेकपा एमालेका झरीलाल माझी थारुलाई नेपाली कांग्रेसका बिबस प्रधान १२४ मतको अन्तरले बिजयी भएका हुन।
त्यस्तै खुल्ला सदस्यमा ओम नारायण चौधरी १४४७ मत नन्द नारायण गच्छदार १४१३ महिला सदस्य सीता खवास १५१८ दलित महिला सद्स्य प्रमिला कुमारी बिक १५४० मत ल्याएर वडा सदस्यमा निर्वाचित बने।
यश अघि उक्त वडामा डोरिलाल चौधरी नेपाली कांग्रेसबाट वडा अध्यक्ष बन्दा ४ जना वडा सदस्य नेकपा एमालेको बिजयी भएको वडा हो। २६ बर्षका बिबश प्रधान मोरङकै कान्छो वडा अध्यक्ष बनेका हुन।
पार्टीमा अन्तरघातका बाबजुत सोचे जस्तो मत आउन सकेन बिबसका समर्थकको भनाइ छ।