मोरङ  ।  मोरङको सुनवर्षी नगरपालिकाको दुईवटा वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ र २ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्  ।

सुनवर्षी निर्वाचन अधिृकतको कार्यालयका अनुसार वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार वीरबहादुर राई १ हजार २११ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हेम राईले १ हजार ३७ मत पाए  ।

वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसकै विनोदकुमार राजवंशी १ हजार ९६ मतसहित विजयी भएका छन् । राजवंशीका प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर श्रेष्ठले ६१७ मत ल्याए ।