सप्तरी जिल्लाकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा आधारभूत  विद्यालय मतदान केन्द्रमा काँग्रेस र एमाले कार्यकर्ता बिच कुटपिट भएको छ । दुई समुहको कुटपिटबाट ७ जना घाइते भएका छन् ।

    मतदान शान्तिपूर्ण रुपमा जारि रहेको भइरहेको  अवस्थामा एमालेका १०-१५ वटा माेटरसाईकलमा लाठि सहित आएका कार्यकर्ता बुथ बाहिर बसिरहेका काँग्रेस कार्यकर्तामाथि  कसुर कुटपिट भएकाे काँग्रेस वडा न ४ का  उम्मेदवार हेमनारायण साहकाे आराेप छ । उनको भनाइ अनुसार बुथ बाहिर स्वागतद्वर नजिक बसिरहेका हाम्राे कार्यकर्तालाई किन हेमनारायणलाई भाेट दिएकाे भन्दै कुटपिट गरेकाे हाे । एमाले कार्यकर्ताकाे कुटाइबाट काँग्रेसका ५ जना सिकिस्त घाईते भएका छन्। बाँसको लाठिले गुन्डागर्दि शैलीमा कुटपिटबाट टेक नारायण भन्ने चन्द्रनरायण साह,गणेशि साह,प्रसुराम साह,संजय साह,सुरुज नारायण साह  घाईते भएका छन् । घाईतेमध्ये अधिकासकाे टाउकाे फुटेको छ भने शरिरमा लाठिकाे डाम बसेकाे अवस्था छ । त्यसैगरि एमालेका दुई कार्यकर्ता घाइते भएका  छन् , घाइते हुनेहरूमा  जयप्रकाश मण्डल र इन्द्रजित मण्डल रहेका छन् । घाइते सबैलाई स्थानीय किल्निकमा उपचार गरि थप उपचारका लागि राजविराज लगिएकाे छ ।उक्ति मतदान केन्द्रमा १ हजार ३ सय ४ मतदाता रहेकाेमा आज भएको मतदानमा १हजार ५८ मत खसेकाे थियाे  । उक्त वडामा तिनवटा मतदान केन्द्र रहेकाे छ भने कुल मतदाता संख्या ३ हजार ७ सय २ जना रहेकाे छ ।16524475006671652447505968

 यस सम्बन्धमा राजगढ गाँउपालिका वडा न ४ का एमालेका अध्यक्ष उम्मेदवार ओमप्रकाश मण्डलले पिपरा बुथमा केही बकस मत खसिरहेकाे सुचनाका आधारमा कार्यकर्ता गएकाे र केही काँग्रेसका कार्यकर्ताले हातपात गरेपछि दाेह्राे झडपकाे अवस्था आएकाे हाे । 

   यता काँग्रेस वडा न ४ का अध्यक्ष उमेदवार हेमनारायण साहले एमालेका केही उग्रवादी कार्यकर्ताले बिना कसुर गुन्डागर्दि सैलिमा कुटपिट गरिकाे जानकारी दिए । घटनापछि केहिबेर उक्त क्षेत्र तनावग्रस्त बनेकाे थियाे ।