उर्लाबारी । आज विहान करिब ३ बजेको आसपासमा उर्लावारी नगरपालिका वडा नं. ४ आइतबारेमा एक युवकको मृत फेला परेको छ । आइतबारे उर्लाबारी क्याम्पस अगाडि गहेको बरको रुखमुनि रहेको चैतारीमा युवकको मृत अवस्थामा पाहिएको हो । मृतक को उमेर करिव ४० देखि ५० वर्षको अनुमान गरिएको छ ।
मृत हुने युवकको साथमा झोला रहेको र केहि परिचय खुल्ने सामान नभएको स्थानिय प्रहरीले जानकारी दिए । प्रहरीको अनुसार झोलामा केहि कपडा रहेको बताएका छन् । कानुनी प्रकिया पुरा गरि मृत युवकको सब नजिकैको मदन भण्डारी अस्पातमा लगेर राख्ने र आफन्तको खोजि भइरहेको प्रहरिले जानकारी दिएका छन् ।