इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलिए गठबन्धन स्थानीय तहको निर्बाचन पछी सकिने बतचाएका छन् । इटहरी उपमहानगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै उनले गठबन्धन स्थानीय तहको निर्बाचन पछी सकिने सबै दलको आ आफ्नो स्थरमा आउने बताएका हुन् । सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस र माओवादी गठबन्धन गरेको बताए । वडामा एमालेसँग एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको प्रस्ट पारे । उद्देश्य बिनाको पार्टी र उम्मेदवारलाई मत नदिन आग्रह गर्दै ओलीले गठबन्धन बढारे खाने उद्देश्यले बनेको धारणा राखे । नेकपा एमाले लाइ हराउने उदेश्यले निमार्ण भएको े ५ दलिए गठबन्धन टालाटुली जोडेर बनाएको पुतली जस्तो भएको बताएका हुन ।नेपाली काङ्ग्रेसको घोषण पत्रमा मान्छे देखिने र एमालेको घोषणा पत्रमा विकास मात्र देखिने बताए । गठबन्धन प्रति निक्कै आक्रामक शैलीमा उनले खाएर चुसेर ढाडिएका हरू गठबन्धन बसेको आरोप लगाए । नेकपा एकीकृत समाजवादी र माओवादी काङ्ग्रेस जिउमा भन्किएका झिँगा धपाउने झम्के पछ्यौरी भएको बताए ।