सुन्दरहरैंचा / स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचा नगरपालिका का लागि मेयर पदका उम्मेदबार रहेका नेपाली कांग्रेसका नेता शिव प्रसाद ढकालले आफ्नो घोषणा पत्रमा कृषि उद्दम र रोजगारी तर्फ उल्लेखनीय काम गर्ने संकल्प गरेका छन्।
ढकालले १ बर्ष भित्रमा कृषि तथा पशु एम्बुलेन्स सेवा संचांलन गर्ने उल्लेख गर्दै नगरको लगानी कृषकको ल्याण्ड, केरा खेति सुन्दरहरैंचाको ब्राण्ड भन्ने नाराका साथ सुन्दरहरैंचा वडा ६ र ७ लाई नगदेबाली केरा पकेट क्षेत्र र वडा २ र ८ लाई तरकारी पकेट क्षेत्र बनाइने उल्लेख गरेका छन्।
सुन्दरहरैंचा, मृगौलिया, खोर्साने, सलकपुर, गोठगाउँ, गछियाका कृषि बजारलाई ब्यबस्थित गर्दै स्थायी प्रकृतिको भौतिक संरचना निर्माण गरी कृषि बजारको उचित ब्यबस्थापन गर्ने घोषणा पत्रमा जारी गरेको हो।
घोषणा पत्रमा वडा १, २ , ३, ४ र ११ लाई कृषि पकेट क्षेत्र घोषणा गरि पकेट कार्यक्रमलाई आवश्यक पूर्वाधार, यन्त्र उपकरण, बिधितिय सिंचाई सुबिधाको यथेष्ट ब्यबस्था मिलाई “हेर्न जाउँ सुन्दरहरैंचा” को अबस्था सृजना गरिने उल्लेख छ।
बुधबारेको आधुनिक कृषि बजार डेढ वर्ष भित्र निर्माण सम्पन्न गरी पूर्ण रुपमा संचालनमा ल्याउने र गछियामा निर्माण सुरु गरिएको कोल्ड स्टोर अत्याधुनिक ढंगले निर्माण गरी स्थानीय भण्डारण बिशेष सहुलियतमा र बाहिरी उत्पादनलाई आम्दानीका रुपमा लिई २ बर्ष भित्रमा भण्डारण ब्यबस्था गर्ने ढकालको घोषणा पत्रमा उल्लेख छ।
औधोगिक ग्राम निर्माण गरी २५ जनालाई रोजगारी दिने उधोगलाई ५ वर्ष कर छुट गरिने उल्लेख गर्दै ब्यबसाय प्रदर्शनी केन्द्र एक्स्पो सेन्टरको डिपीआर तयार गरी निर्माण कार्य प्राम्भ गरी बर्षे पिच्छे कृषि प्रदर्शनी केन्द्रको निर्माण हुने उल्लेख छ।
ढकालले आफ्नो घोषणा पत्र मार्फत सिटी सफारीमा लाग्ने सम्पूर्ण कर मिनाहा गरी सुन्दरहरैंचा नगरपालिका मै दर्ता गर्ने ब्यबस्था मिलाई उपयुक्त रुट निर्माण, ज्याकेट, स्टिकरको ब्यबस्था गर्ने छ।
५ वटा वडालाई बाख्रापालन पकेट क्षेत्र, गाईपालन पकेट क्षेत्र, कुखुरापालन, बंगुरपालन पकेट क्षेत्रको कार्यविधि बनाई दुध, मासुमा आत्मनिर्भर बन्दै पाथी, बाछी र बोका निर्यात पालिकाको रुपमा बिकास गर्ने बाताबरण सृजना गर्ने संकल्प गरेका छन। त्यस्तै वडा १० मा संचालन हुदै आएको पशु ब्यबस्थित गर्ने भनिएको छ।