इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर  ९ का अधुरा काम पुरा गर्न आफूले पुन उम्मेदवारी दिएको जितेन्द्र थापाले बताएका छन् । इटहरीमा रहेर सामाजिक क्षेत्रमा सकृय युवा नेता थापाले इटहरी ९ लाई इटहरीकै नमुना वडा बनाउनका लागी आफ्नो उमेदवारी दिएको बताएका छन् ।

उनले यस वडामा भएका समस्या पहिचान गर्दै समृद्धको नारालाई साकार पार्न पनि ति समस्याहरुलाई निराकरण गर्ने उनको लक्ष्य रहेको छ । थापाले आफु सत्तामा नभए पनि यो भन्दा अगाडि इटहरीमा रहेका समस्याहरुमा दिन रात नभइ समाधानका लागी काम गर्दै आएको थापाले बताएका छन् । कोरोना महामारीका बेलामा पनि ज्यानको प्रभाव नगरी जनताका लागी सेवा गर्दै आएको र आउने दिनमा पनि इटहरीमा भएका बाढिका समस्या , शिक्षाको समस्या , सुकुम्बा समस्या लाई दिर्घकालीन रुपमा समाधान गर्दै इटहरी रङगशाला , बसपार्क र जनता पार्कको कामलाई व्यबस्थित बनाई अगाडि बढ्ने थापाको भनाइ रहेको छ ।

उनले आफू कहिल्यै पनि भ्रष्टाचार नगर्ने बताउँदै यस पटकको स्थानिय निर्वाचनमा वडाअध्यक्ष पदमा आमूल्य मतदान गरेर विजयी बनाइदिन वडावासीसंग अनुरोध गरेका छन् । उनले आफू विजयी भएमा बेइमान नगरी निष्ठापूर्वक वडावासीको सुख दुःखमा साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् ।  थापाले निर्वाचित भएर आएमा वडामा नियमित सरसफाइ , कृषकलाई प्रोत्साहन , खेलकुद ,कला साहित्य लगायतका विद्यालयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा  प्रोत्साहन गर्ने योजनाको साथ आफ्नो उम्मेदवारी दिएको बताए  ।

इटहरी ९ को मुख्य समस्याका रुपमा रहेको डुवान र त्यसको वर्षेनि क्षेतिलाई न्युनिकरण र समाधान गर्नका लागी आफ्नो टिम निर्वाचित भएमा सबै समस्या समाधान गर्ने बताएका छन् । थापाले इटहरीमा युवाको नेतृत्व पदमा आएमा भोलि वडा वा नगर देशकै नमुना हुने बताएका छन् ।