इटहरी ः स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकिँदै जादा चुनाव सरगर्मी बढ्न थालेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा लोकप्रिय व्यक्तित्व युवा नेता माधव कोइरालाको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।

नेकपा एमाले तर्फबाट इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ अध्यक्ष पदका लागि उम्मेदवार बनेका माधव कोइरालाको नेतृत्वमा घरदैलो अभियान समेत सुरु गरेपछि उनि लोकप्रिय बन्दै गएका हुन  । 

279629281_115774534448229_6586912872288143385_n


घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटि नेकपा एमालेको तर्फबाट इटहरी २ को वडा अध्यक्ष पदका लागि लागि उम्मेदवार बनेका कोइरालाको टिम वडावासीहरूको घर - घरमा पुगेर आर्शिवाद लिदै   चुनाव चिन्ह सुर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।  

hp-madhav-koiralajpgybwk5oh6n

कोइरालाले निर्वाचित भएर आएमा वडामा नियमित सरसफाइ , कृषकलाई प्रोत्साहन , खेलकुद ,कला साहित्य लगायतका विद्यालयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा  प्रोत्साहन गर्ने योजनाको साथ आफ्नो उम्मेदवारी दिएको बताए  । इटहरी २ को मुख्य समस्याका रुपमा रहेको डुवान र त्यसको वर्षेनि क्षेतिलाई न्युनिकरण र समाधान गर्नका लागी आफ्नो टिम निर्वाचित भएमा सबै समस्या समाधान गर्ने बताएका छन् । कोइरालाले इटहरीमा युवाको नेतृत्व पदमा आएमा भोलि वडा वा नगर देशकै नमुना हुने बताएका छन् । 

इटहरी २ मा रहेका धार्मिक स्थल , खेलकुद मैदान , शिक्षा र त्यसको आधुनिकिकरणलाई आफुले पहिलो स्थानमा राखेर काम गर्ने बताएका छन् । इटहरी अब्यबस्थित खोला तथा तथा त्यसको तटबन्धलाई समेत तिब्र बताउने उनले बताए । राजनिति एक फोहोरी खेल भन्नेहरुका लागी राजनिति एक समाज रुपमान्तरणको मुख आधार नै राजनिति हो भन्ने उदाहरण बनाउने उनको लक्ष्य रहेको छ । 

इटहरी २ नम्बर वडामा रहेका मुख्य पर्यटकिय क्षेत्रलाई देशब्यापि रुपमा चिनाउन र त्यसको मर्मतका लागी वर्षेनि बजेट छुट्याएर आकर्षण बनाउने , निम्न वर्गीय र आर्थिक अवस्था कमजोर भएका हरुको लागी शिक्षा स्वास्थ्यमा सौहुलियत रुपमा समान पहुचमा ल्याउने , सुकुम्बासी समस्यालाई समस्या नभएर समाधान तर्फ अगाडि बढाउने , कृषिलाई व्यबसायिक र आम्दानिमुलक बनाउनेमा आफ्नो भुमिका रहने उनले बताएका छन् ।


त्यस्तै गरि कोइरालाको प्लानलमा महिला सदस्यमा भिमा कुमारी तुक्बाहाम्फे दलित महिला तर्फ चम्पामाया वि.क , खुल्ला सदस्यमा दुर्गा बहादुर खत्री , त्यस्तै खुल्ला सदस्यमै कृष्ण कुमार राई रहेका छन् ।