बेलबारी । स्थानीय तहको निर्वाचनमा आफनो पक्षमा मत माग्न राजनैतिक दल तथा स्वतन्त्र उमेदवारहरुले प्रचारप्रसारलाई तिव्रता दिई रहेको समयमा नेकपा माओवादीले बेलबारी नगरपालिकामा घरदैलो तथा याली अभियान सुरु गरेको छ ।


DSC_0649

बेलबारी नगरपालिका वडा नं. ६ मा जोश र जाँगरका साथ नेपाली कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का उमेदवार तथा कार्यकर्ता सक्रिय देखिएका छन् । दैनिक भैरहेको घरदैलो कार्यक्रममा पनि नेकपा माओवादी सरिक रहेको देखिन्छ । नेकपा माओवादी उमेदवार केवल राई यस पटकको स्थानीय चुनावमा नेकपा माओवादी अझ बलियो र संगठित भएको खुलासा गरेका छन् ।

mmmmmmmmm


घरदैले कार्यक्रमा नेकपा माओवादी केन्द्रका कुमार बस्याल नेकपा माओवादी केन्द्रका नगर पार्टी  सदस्य, तिलक प्रसाद राई नगर पार्टी इन्चाज तथा पूर्व नगर प्रमुख दावेदार, मनोज राई जिल्ला कमिटि र ६ नं. पार्टी कमान्ड र वडा पार्टी अध्यक्ष केवाल राई लगायत सदस्यहरुको सहभागि रहेको थियो ।