बेलबारी । स्थानीय तहको निर्वाचनमा आफनो पक्षमा मत माग्न राजनैतिक दल तथा स्वतन्त्र उमेदवारहरुले प्रचारप्रसारलाई तिव्रता दिई रहेको समयमा नेकपा एमालेले बेलबारी नगरपालिकामा घरदैलो तथा याली अभियान सुरु गरेको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका मतदाताहरुलाई आफनो पक्षमा मतदान गराउन आग्रह गर्न नेकपा एमालेले उमेदवारहरु सहित घरदैलो अभियान सुरु गरेको हो ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका मेयर डि. पि. राई तथा उपमेयर तिलकुमारी न्यौपाने लगायतको सहभागितामा उमेदवारहरु सहित नेता कार्यकताहरु मतदाताको घरघर पुग्न थालेका छन । वडा नम्बर ८बाट सुरु भएको घरदैलो अभियान सबै वडामा गरिने जनाइएको छ ।

bel   08 02


एमालेका तर्फबाट बेलबारी नगरपालिकामा सचिवालय सदस्य समेत रहेका डि. पि. राई नगरप्रमुख र तिलकुमारी न्यौपान उपप्रमुखका उमेदवार रहेका छन । घरदैलो कार्यक्रममा जारी रहेको वडा नम्बर ८ मा वडाध्यक्षका उमेदवार पि. पि. थापा मगर लगायत वडा सदस्यका उमेदवारहरु पनि मत माग मतदाताहरुको घरघर पुगिरहेका छन । बेलबारी नगरपालिकाको निर्वाचनमा प्रतिस्पर्धीका रुपमा रहेका नेपाली काँग्रेस तथा  एमाले , राजपा ,माओवादी लगायतका दल तथा स्वतन्त्र उमेदवारहरुले प्रचारप्रसारमा तिव्रता दिदै आएका छन ।