बेलबारी आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमका लागी बेलबारी एमालेबाट दिल प्रसाद राईले मेयरका लागि टिकट पाएका छन् । साथै उप–मेयरको लागि तिल कुमारी न्यौपाने गौतमले टिकट पाएकी छिन् ।एमाले प्रदेश कमिटि सचिवालय सदस्य रहेका उनलाई आज सोमबार विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो र एमाले प्रदेश नं १ को प्रगतिशिल लेखक संघ अध्यक्ष तथा बेलबारी बहुमुखी क्याम्पसको प्रशिक्षण सहायक रहेकी उनलाई आज सोमबार विराटनगरमा बसेको बैठकले उपमेयरका लागि अगाडि सारेको हो ।एमालेका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज सोमबार बिहान भएको छलफल उनहरुलाई टिकट दिने निर्णय भएको हो ।