रामधुनी  : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमका लागी रामधुनीमा नेपाली कांग्रेसबाट सुदिप अधिकारीले  मेयरका लागि टिकट पाएका छन् ।नेपाली कांग्रेस रामधुनीका सभापति समेत रहेका उनलाई आज  (सोमबार) विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो ।नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज (सोमबार) बिहान भएको छलफल उनलाई टिकट दिने निर्णय भएको हो ।