विराटनगर  ।  आन्तरिक मामिाल तथा कानुन मन्त्रालय १ नं प्रदेशका सचिव कालि प्रसाद पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा १३ वटै मन्त्रालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

b2 1

कार्यक्रममा प्रदेश १ मा आउने सम्भावित बाढि पहिरो , डुवान र अगलागी जस्ता विपदका बेलामा कसरी तयारी गर्ने र भएको स्रोत साधनलाई कुन क्षेत्रमा सहि सदुपयोग गर्ने भन्ने विषयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

b3

विपदका बेलामा कोहि कसैको पनि धन जनको क्षेति नहोस भनि पुणर् तयारीका साथ कसरी काम गर्ने भनि प्रदेश एकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा उक्त छलफल भएको थियो । कार्यक्रम युवा विकास केन्द्र इटहरीले आयोजना गरेको थियो भने साझेदारीमा एसिया  प्यासेफिक एलायन्स फर डिजास्टर म्यानेजमेटको भुमिका रहेको थियो ।