बिराटनगर। जनता समाजवादी पार्टी विराटनगर महानगर समितिले दुईजना केन्द्रीय सदस्यसहित आठजनाको नाम मेयर र उपमेयर सिफारिस गरेको हो ।महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले गठबन्धन दलबीच वार्ता भईरहेकोले अहिले मेयररउपमेयर भनेर लेखिएपनि सिफारिस भएकाहरु मूलतः उपमेयरका उमेदवार भएको बताउनुभयो । पार्टीको बलियो आधारमा रहेको विराटनगरमा केन्द्रीय सदस्य भुराज राई, डा।राम विलास यादव, महानगर अध्यक्ष अमरेन्द्र यादव, उपाध्यक्ष मो।नसरुल, बिमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम जिल्ला समन्वय समिति र प्रदेश समितिमा पठाइएको छ । उमेदवार बन्ने व्यक्तिको नाम वर्णानुक्रम अनुसार सिफारिस गरिएको महानगर अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले गठबन्धन गर्ने दलहरुबीच अहिले एशियाटीक होटलमा वार्ता भईरहेकोले वार्ता मिलेको अवस्थामा उपमेयर र वार्ता नमिलेको अवस्थामा मेयर÷उपमेयर दुवै पदका लागि नामहरु सिफारिस गरिएको जानकारी दिनुभयो ।हामी एक्लै निर्वाचनमा जाने, गठबन्धन दलबीच भएको सहमतिका आधारमा जाने वा गठबन्धन भित्रका दलबीच मनमिल्नेको तालमेल गरेर निर्वाचनमा जाने विषयमा खुल्ला छौं, अध्यक्ष यादवले भन्नुभयो–तर निष्कर्ष निकाल्ने गरि वार्ता भईरहेकोले परिणाम गठबन्धनबाटै सकारात्मक आउने आसामा छौं । सौजन्य https://ourbiratnagar.net/









