रामधुनी ।  स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाकीँ रहेको छ । मिति नजिकिँदै गर्दा रामधुनी नगरमा नगर बाट बिभिन्न पाटीले आकांक्षी नाम सिफारिस गर्न थालेका हुन् । बिभिन्न पाटीले नगर बाट नाम सिफारिस गरे जगतै यतिबेला सबै दलका नेता –कार्यकर्ताहरू गाउँमा केन्द्रित हुन थालेका छन् । 
त्यस्तै क्रममा आगामी स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस नगर कार्यसमितिले मेयरमा १२ जना र उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको छ । नगर कार्यसमितिले आफु भन्दा माथिका  निकार्य लाई आकाक्षिको नाम सिफारिस गरेको हो ।
यसअघि नेपाली कांग्रेसले मेयर सहित ३ वडा अध्यक्ष जितेको नगरमा अन्य दललाई जित्नु पर्ने दबाब रहेको छ भने स्वयम् कांग्रेसलाई पुनः जित जोगाउनुपर्ने चुनौती रहेको देखिन्छ । 
रामधुनी कांग्रेसबाट नगरप्रमुखका लागि नेपाली कांग्रेस बाट हाल   बद्री नारायण चौधरी, जय प्रकाश चौधरी, सगेन चौधरी, पृत नारायण चौधरी, डिल्ली कार्की, केशीलाल चौधरी, दिपनारायण चौधरी, नबिन चौधरी, रमेश कार्की, इशर्बर घिमिरे, रामराज महत र सुदिप अधिकारी नाम सिफारिस गरेको छ । 
त्यस्तै उपमेयर लागी भने   बिना बिष्ट रेजिना नेपाल सुसिला अधिकारी  जानकी चौधरी आशा कुमारी चौधरी, सरीता चौधरी देब सरी चौधरी र आशा चौधरीको नाम सिफारिस गरेको हो । उक्त सिफारिस गरेको आफु भन्दा माथिका निकार्यले टुंगो लगाउने भएकाले सबै बडा बाट आएको नामहरु लाइ संकलन गरि सिफारिस गरेको नगर कार्यसमितिले जानकारी गराएको छ ।