वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई मोरङको सुन्दरहरैचा नगरपालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुन्खरहरैचा वडा न ४ ले भने आज भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । वडा न ४ मा रहेका करिव ७ सय  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । जसमा सात सयलाई नै भूमिहीनको विवरण उल्लेख गर्रि निस्सा वितरण सुरु गरिएको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले बताउनु भएको छ । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । पटक(पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत पालिकाले निस्सा वितरण सुरु गरेको हो । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।