रामधुनी / सुनसरीको रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना  गरिएको छ । बिहिबार रामधुनी नगरपालिका वडा नम्बर ३ मा नगरको नर्बनिमित भबनमा अधिकृतको कार्यालय स्थापना  गरिएको हो । 

निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने रामधुनी नगरपालिकाका निर्बचन अधिकृत बिजयराज सुबेदीले बताउनुभयो । निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि वैशाख ११ र १२ गतेको समय तोकेकोले गर्दा अब आउन केही मात्र बाकी रहेकाले गर्दा आज बाट नै कम गर्ने समेत उहाले बताउनुभयो ।  

निर्वाचन आयोगले ११ र १२ उम्मेदवारको मनोनयन, १३ गते उम्मेदवारमाथि उजुरी दर्ता, १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम अधि सारेको छ  । उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।

आयोगले उम्मेदवार मनोनयनपत्रको लागि आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखको उम्मेदवारीका लागि धरौटी रकम तोकेको छ । जसअनुसार स्थानीय तहको वडा सदस्य पदमा उम्मेदवारी दिनेले ५ सय रूपियाँ धरौटी बुझाउनुपर्ने हुन्छ । त्यसै गरी वडा अध्यक्षका लागि एक हजार रुपियाँ, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपियाँ धरौटी तोकिएको छ । नगर प्रमुख र उपप्रमुखको लागि पनि १ हजार ५ सय धरौटी रकम तोकिएको छ । आयोगले महिला, दलित वा अल्पसंख्यक समुदायका लागि भने धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।