काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  भरतपुर महानगरपालिकाको मेयर पद छाडेर माओबादी  लाइ  दिनु पर्ने बताउनु भयो  ।

आज  चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर देउवाले भरतपुरको मेयर पद माओवादीलाई दिनुपर्ने बताएका छन्  ।

हामीले‘काठमाडौं, ललितपुर र विराटनगर  लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ देउवाले खनालसँग भनेका थिए । जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।जिल्ला सभापति खनालले भविष्यमा आउने निर्वाचन परिणामको जिम्मेवारी आफूले लिन नसक्ने र त्यसको जिम्मा पार्टी केन्द्रीय सभापतिकै हुने जवाफ दिएको खनालले  बताए ।