बिराटनगर   ।   नेपाली काँग्रेस बिराटनगर महानगरका सभापतिले  मेयर का लागि ७ जना र उप मेयरका लागी ११ जना को नाम पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाइ सिफारिश गरेको छ ।

 मेयरका लागि महानगर सभापति दीपक चापागाईँ, बहालवाला उपमेयर इन्दिरा कार्की, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली  , जिल्ला उपसभापति नागेश कोइराला, डा।डिला संग्रौला , केन्द्रीय सदस्यहरू अमृत अर्याल र प्रदेश समिति सदस्य गोपाल रेग्मीको सिफारिश गरेको छ ।

यस्तै उपमेयरमा नीरज कोइराला ,गीता सिलवाल , झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा।सीता घिमिरेर राजु मास्केको नाम उपमेयरका लागि ११ जनाको नाम सिफारिस गरिएको चापागाइँले बताए । 

महानगर समितिले यसअघि नै विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।