रामधुनी : रामधुनी ५ झुम्काको आरम्भ विदा मन्दिरले आफ्नो अभिभावक दिवस बिबिध साँस्कृतीक कार्यक्रमका सम्पन्न गरेको छ । बुधबार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा भएको कार्यक्रममा कक्षा एलकेजि देखि कक्षा ७ सम्मका बिद्याथीहरुले गीत, नृत्य, नाटकका साथमा बिभिन्न कला प्रस्तुत गरी कार्यक्रम संपन्न भएको हो  । 

विद्यालयमा विद्यार्थीहरु पढ्न मात्रै नभइ अतिरिक्त क्रियाकलाप संगित, नृत्य, कथा कविता र नाटक अभिभावकको अगाडी बिद्यार्थीले प्रस्तुती देखाएका थियो ।  

नगरशिक्षा शाखाले विद्यालयहरुले शिक्षाको गुणस्तर कस्तो बनाउँदैछन् भनेर नजिकबाट नियाली रहेको र आरम्भको प्रगती राम्रो भएको रामधुनि नगरपालिकाको शिक्षा शाखाका प्रमुख राजन कुमार गेलालले बताउनुभयो । उहाले आगामी बर्षबाट कक्षा ८ सम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको आरम्भलाई आफुहरुले अनुमति दिने समेत जानकारी दिनुभयो । 

पढाईमात्रै नभएर अतिरित्त क्रियाकलापमा समेत उत्तिकै अग्रसर बिद्यार्थीलाइ  बनाउनु पर्ने र आरम्भका विद्यार्थीले देखाएको अतिरित्त क्रियाकलापको प्रस्तुती एकदमै राम्रो भएको रामधुनी नगर प्याव्सनका अध्यक्ष अच्युत ढकालले बतउनुभयो  । उहाले आफ्ना नानिबाबुहरुले कस्तो सिकाई हासिल गरिहेका छन् भनेर अभिभावकहरुले बेला बेलामा बिद्यालयमा गएर नियालिदिन  आग्रह समेत गनुभयो ।