रामधुनी : रामधुनी ७ मा विभिन्न पार्टी परित्याग गरी ८० बढी काँग्रेसमा प्रवेश गरेका छन् ।  बुधवार नेपाल तरुण दल रामधुनीले पन्चायनमा आयोजित एक कार्यक्रमका बिच नेकपा एमाले ,  माओवादी केन्द्र तथा पार्टी परित्याग गरी ८० भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । 

विभिन्न पार्टी परित्याग आएका  नवप्रवेशीलाइ नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का  क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, क्षेत्र नम्बर १ क का सभापति मुरारी भट्टराई, नगर सभापति सुदीप अधिकारी लगायतले  पार्टी प्रवेश गराएका हुन ।

पाटी प्रवेश गर्दै नवप्रवेशीले नेताको तानाशाही प्रवृत्तिले पार्टीमा बस्न नसकिएका कारण  काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।

नेपाल तरुण दल रामधुनी नगर सभापति नगेन्द्र गुरुङको  सभापति तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का  क्षेत्रीय सभापति सुजेन्द्र तामाडको प्रमुख आतिथ्य र क्षेत्र नम्बर १ (क) का सभापति मुरारी भट्टराईको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कार्यक्रमका प्रमुख अतिथि सुजेन्द्र तामाडले नेपाली काँग्रेसको बिचार र सिद्धान्तलाई अँगालेर नेपाली काँग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई काँग्रेसले सधैँ सम्मान गर्ने र अवसर आए मौका दिने बताए । नेपाली काँग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अगाडी बढ्न सुझाव दिँदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काँग्रेसलाई बलियो बनाउन  तामाडले आग्रह गरे ।

नेपाली काँग्रेस रामधुनीका नगर सभापति तथा युवा नेता सुदीप अधिकारीले पार्टी परित्याग गरी आउने र नवप्रवेशीलाइ देश,राष्ट्र र जनताको रक्षा, विकास र समृद्धिका साथै सुशासनको लागि यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सबैले नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे ।