उर्लाबारी । स्थानिय सरकार आए देखीनै उर्लाबारी नगरपालिका वडा नम्वर-२ जनपथ टोलका वासिन्दाहरुको माग थियो सन्जोरा खोलमा पुल बनोस ! 

वर्खाको समयमा खोलामा आउने बाढीका कारण सो क्षेत्रमा बसोबास गर्ने ४० परिवार स्वास्थ्य, शिक्षा, रोजगारी र प्रशासनिक कार्यका लागि उर्लाबारी पुग्न ७ किलोमिटर घुमेर पथरीहुदै मगलबारे र उर्लाबारी पुगेर सेवा लिन बाध्य थिए

तर अव नगरपालिकाको सुकुम्वासी वस्तीलाई जोडने सन्जोरा खोलामा बेली ब्रिज वन्ने भएपछि उनिहरुले वर्षौ देखी भोग्दै आएको समस्या हल हुने भएको छ ।

खोलामा पुल बन्ने भएपछि गाउलेहरु एकहातमा स्कुले बालबच्चा डोहोर्‍याउदै अर्को हातमा शिलान्यास गर्ने ईटा बोकेर हर्षित हुदै निर्माण स्थलमा पुगेका थिए । 

277543419_4949068875170292_3482198035454679178_n


सोही भिडमा एकजना गाउबहादुर धिमाल पनि थिए उनी खोलाको डिलमा टुक्रुक्क बसेर भन्दै थिए-“२०७४ सालको निर्वाचनामा मेरौ पार्टीका मान्छे घनश्याम खतिवडा हाम्रो गाँउमा, संघिय सासदको उम्मेद्वार बनेर आएका थिए, जितेपछि गाउमा विकासको लहर ल्याउछु भन्थे सवैले भोट दियौ...उनले जिते पनि तर जितेपछि उनको मुख देख्न पाइएन्,हामीलाई बिर्से”।

उर्लाबारीमा खोलापारीको गाउ भनेर चिनिदै आएको जनपथटोललाई उर्लाबारी सग सहज रुपमा जोड्नका लागि संघिय सरकारकारको शर्सत अनुदान बाट प्राप्त १ करोड २२ लाख र नगरपालिकाको ५ प्रतिशत लागतमा १ सय २१ मिटर लामो बेली ब्रिज बन्ने नगरपालिकाले जनाएको छ ।

277591346_747102713362246_3526951321287936199_n


सो पुलको शिलान्यास उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गरेका छन् । पुलको शिलान्यास गर्दै मेयर फागोले समयमै पुलको निर्माण कार्य सम्पन्न् गर्न निर्माण पक्षलाई निर्देशन दिए ।

दैनिक ज्याला मजदुरी गरी जिविको पार्जन गर्दै जिवन गुजारा गर्दै आएका सो क्षेत्रका स्थानियहरुले स्थानिय सरकारको आगमन सगै विकास निर्माणका थुर्पै योजनाहरु आफुहरुले अनुभुति गर्न पाएको प्रतिक्रिया दिए ।

वडाले सो क्षेत्रमा बसोवास गर्ने घरवार विहिन तथा विपन्न १० परिवारको ५ वर्षको अवधिमा ३ लाखका दरले १० वटा घर समेत निर्माण गरेको वडा नम्वर २ का अध्यक्ष कुमार कडेल (राजन)ले जानकारी दिए ।