रामधुनी : सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै दसै भर चुनावी सरगर्मी बढ्न थालेको छ ।  

अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर र ३ वडा अध्यक्षले मात्र जित्न सफल भएको सुनसरीको रामधुनी नगरपालिकाहरूमा पनि नेपाली काँग्रेसले यस पटकको निर्वाचनमा नतिजा सुधार गरेर अघि बढ्नका लागी चुनाव केन्द्रित  तयारी थालेको हो ।

नेपाली काँग्रेस रामधुनी नगर कार्यसमितिको आज मगलबार बसेको मासिक बैठकले पार्टी लाइ बलियो बनाउन चुनाव केन्द्रित  विभिन्न कार्य गर्ने भनी निर्णय गरेको छ ।

आज नगर सभापति सुदिप अधिकारीको अध्यक्षमा बसेको बैठकले चैत २१ गते देखी २९ सम्म रामधुनीका सबै वडामा गई जनप्रतिनिधिको आकाक्षीको नाम सङ्कलन गर्ने तथा  १४ औ महाधिवेशनमा मेजर पदमा लडेका असफल भएका सम्पूर्णलाई नेपाली काँग्रेसका नेतालाई नगर सदस्य मनोनीत गर्ने निर्णय गरिएको हो ।

त्यस्तै, अहिले भएका जनप्रतिनिधिले ५ बसिए कार्यकालमा  गरेको काम तथा गर्न नसकेको कामको प्रतिवेदन नगर कार्यसमितीलर्इ बुझाउने भनी नियर्ण समेत गरेको छ । यसरी बुझाएको प्रतिवेदनले आगामी  निर्वचनमा निबाचित भएका जनप्रतिनिधिलाई अघिल्ला कार्यकालमा गर्न नसकेको कामलाई निरन्तरता दिन सहज हुने नगर कार्यसमितिले जनाएको छ ।  आज बसेको बैठकले घोषण पत्र मसौदा निर्माण समिति १ देखी ९ वडा तहमा नै निमार्ण गर्ने निणय समेत गरेको छ । 

सोही क्रममा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले केही दिन अधि मात्र गरेको स्थानीय तहको निर्वाचनका लागि ‘घर–घर जाऔँ काँग्रेस जिताऔँ’ अभियान अनुसार नेता कार्यकर्ताहरू गाउँ केन्द्रित हुन थालेका छन् । सोही अभियान लाई केन्द्रित गर्दै नगर कार्य समितिले पनि नगरका नेता तथा कार्यकर्ता टोल टोलमा खटाउन लागेको नगर सभापति सुदिप अधिकारीले  जानकारी दिनुभयो ।