उर्लाबारी । नेकपा एमालेबाट निर्वाचित उपमेयर सहितको जनप्रतिनिधिको टोलीले बहुमतको दम्भमा कार्यपालिका बैठक रोकेर जनमुखी योजना र कार्यविधी रोकेर उर्लाबारी विकासलाई पछाडी धकेलेको जनाएको छ ।
गत चैत १६ गतेका लागि तय भएको उर्लाबारी नगरपालिकको कार्यपालिका बैठकले पास गनुपर्ने विकास निर्माणका योजना र अतिआवश्यक कार्यविधी पास गर्न नदिएर उर्लाबारीको विकासमा अड्को थापेको कांग्रेसले जनाएको छ मगलबार उर्लाबारी-१ स्थित नेपाली काग्रेस वडा नम्वर १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस नेताहरुले यस्तो बताएका हुन ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काग्रेस नगरसभापति सुरेन्द्र लिम्वुले कार्यपालिकामा बहुमतमा रहेको एमालेका साथिहरुले ९ वटा वडामा ३०/३० लाखका २ करोड ७० लाख रुपैयाको बाटो निर्माण गर्ने योजना पास गर्न असहमति जनाई अन्तिम कार्यपालिका बैठक स्थगित गराएर उर्लाबारीमा बन्ने ९ वटा कालोपत्रे सडक रोकेर जनतामाथी घात गरेको बताए ।
यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसकी नेतृ एवम महाधिवेसन प्रतिनिधि एवम गत स्थानियतहको निर्वाचनमा नेपाली काग्रेसबाट उपमेयरको उम्मेद्वार बनेकी सिता कार्कीले पनि बहुमतप्राप्त कार्यपालिका सदस्यको दम्भका कारण बाटो निर्माणको योजनाका साथै गरिव तथा विपन्न परिवारलाई निशुल्क खानेपानी वितरण, गरिव तथा जेहेन्दार विध्यार्थीहरुलाई छात्रवृति वितरण, सकडबत्ती महसुल, एम्वुलेन्स सेवा सम्वन्धी कार्यविधिमा बहुमतको आडमा अड्को थापेर विकास निर्माणमा गरेको फोहोरी राजनितिले जनतालाई सास्ती हुने बताइन् ।
यस्तै अर्की नेतृ शोभाचेम्जोङ पालुङवाले पनि स्थानियतहमा विकास निर्माणका कार्यमा पक्ष र प्रतिपक्षको भुमिकामा नरही स्थानिय जनताको समृद्धिमा लाग्नु पर्ने भएता पनि बहुमतको आडमा एमालेबाट निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यले जनभावनमा माथी घात गरेको औल्याईन् ।
गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसेपनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारी सहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरुले बैठकमा असहमति जनाएर बाहिरिएका थिए ।
बैठकमा उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले बैठकले पास गर्ने ऐन, कार्यविधि, विकास निर्माणका काम चुनाव प्रभावित हुने भन्दै रोकेपछि प्रदेश समपुरक कोषबाट आर्थिक वर्ष ०७९।०८० मा आउने ३ करोड अनुदान, नगरपालिकको सञ्चित कोषमा रहेको ६ करोड ३७ लाख रुपैयाको कार्ययोजना बाडफाड रोकिएको थियो ।