नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ।

सोमबार बिहान ८ः३० बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय तथा संसदीय दलका विभिन्न विषयमा छलफल भइरहेको छ।

बैठकको निर्णय भने केही बेरमा सार्वजनिक हुने छ। विशेषगरी सर्वोच्च अदालतका केही न्यायाधीशहरुले विचौलियासँग साँठगाँठ गरेर न्याय प्रणालीमा असर पारेको र महाअभियोगको प्रस्तावबारे चर्चा चलिरहेकाले कांग्रेसले त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ।