रास्वपा सांसद आशिका तामाङले पसलमा ग्यास हेरेर भोकभोकै बस्नका लागि नै जनताले दुईतिहाइ दिएका हुन् ? भनि सोधेकी छन्।
शुक्रबारको प्रतिनिधिभा बैठकमा उनले पसलमा ग्यास हुँदा पनि नपाएको आफूलाई गुनासो आएको सुनाइन्। “के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ?” उनले प्रश्न गरिन्।
उनले ग्यास छैन भने अहिले नै भनिदिन सरकारलाई आग्रह गरिन्। मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुने टिप्पणी उनको छ।
“यदि ग्यास छैन भने अहिले नै सरकारले घोषणा गरिदिनुपर्यो,” उनले भनिन् “जनतालाई दाउरा खोजी भात पकाएर खाउ भन्न सक्नुपर्यो। होइन भने ग्यासको लागि मात्रै मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ।”












