राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्री र सांसदहरूसँग छलफल गरेका छन्। संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार लामिछानेले मन्त्री र सांसदसँग छलफल गरेका हुन्।

सरकारको कामकारबाहीको विषयलाई लिएर पार्टीका सांसदहरूले आलोचना गरेपछि लामिछानेले छलफलको अग्रसरता लिएका हुन्। पछिल्लो दिनमा रास्वपा सांसदले नै सरकारका कामकारबाहीबारे टिप्पणी गर्न थालेका छन्।

लामिछानेले संसद्‌मा कसरी उपस्थित हुने भन्नेबारे सांसदहरूलाई निर्देशन दिने एक नेताले बताए।