नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस दुर्घटना भएको हो। ट्रकसँग बस ठोक्किएर दुर्घटना भएको बताइएको छ।

मृतक तीन जनामध्ये एक १२ वर्षीय बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ।

दुर्घटनामा करिब ५० जना घाइते रहेको र केहीको अवस्था गम्भीर रहेका छन्।