सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कार चालक देश भारतको सीतामढी जिल्ला समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपककुमार महतो र २५ वर्षीय अमन कुमार छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कारबाट उनीहरूले पक्राउ गरेको हो।

चेकजाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ पोकामा प्याक गरिएको करिब १०९ केजी (प्लास्टिकसहित) लागुऔषध गाँजा बरामद भएको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।