बेलबारी नगरपालिका–११ स्थित मोरङ ज्ञानोदय इङ्ग्लिस स्कुलको आयोजना र नवदृष्टि आई हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न निःशुल्क आँखा जाँच शिविरबाट ७२५ जनाले सेवा लिएका छन्।

विद्यालयका भाइस पिन्सिपाल चन्द्र धिमालका अनुसार शिविरमा विद्यालयका ४९५ जना विद्यार्थी तथा २३० जना अभिभावक गरी कुल ७२५ जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका हुन्।

WhatsApp Image 2026-08-01 at 12.07.00 PM

शिविरमा दृष्टि परीक्षण, मोतिबिन्दु पहिचान, आँखाका सामान्य रोगहरूको परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो। परीक्षणका क्रममा मोतिबिन्दु र जलविन्दुका शंकास्पद बिरामीलाई थप उपचार तथा निःशुल्क शल्यक्रियाका लागि अस्पतालमा रिफर गरिएको विद्यालयले जनाएको छ

WhatsApp Image 2026-08-01 at 12.06.54 PM