सुनसरीको देवानगञ्जमा दुई समुदायबिच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।
प्रभावित क्षेत्रमा कर्फ्यू आदेश यथावत् छ। यसैबिच घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ।
सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।




















