सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौंको माइती घरमा प्रदर्शन गरेका छन्। घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै मंगलबार उनीहरूले नाराबाजी, प्ले–कार्डसहित प्रदर्शन गरे।

सहभागीले मुस्लिम समुदायविरुद्ध चर्को नाराबाजी गरे। उनीहरूले मुस्लिमहरूलाई आतंककारीको संज्ञा दिँदै नेपालबाट भगाउनुपर्नेसम्म बताए।

प्रदर्शनकारीले ‘मुस्लिमलाई मीठो बोली, हिन्दुलाई तातो गोली’, ‘नेपालका हरेक मस्जिद र मदरासामा निगरानी गर्’, ‘हिन्दुहरूको पर्वमा आक्रमण किन ?’लगायत नारा लेखिएका प्ले–कार्ड बोकेका थिए।

गत साउन १० मा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायका युवाबीच झडप भएको थियो। सामान्य वादविवादबाट सुरु भएको विषयले हिंसात्मक रूप लिँदा एक जनाको ज्यान गएको थियो।

hindu-pradashon-(13)_VsuuT8MqBz

hindu-pradashon-(10)_WvxC0dzKZy

hindu-pradashon-(5)_s4LzgIdEUb

hindu-pradashon-(11)_IaoiiNlT8l

hindu-pradashon-(3)_IUtO3Ylb1V