वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने भएका छन्। आज दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा. केसीले सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। 

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै केसीले सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषण गरेका छन्। उनले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका हुन्।