काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ। 

केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरि बचत तथा ऋण सहकारी संस्था र आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा तथा खैरहनी नगरपालिकाको समन्वयमा वडा नं. ६ मा आयोजित स्वास्थ्य शिविरमा एक हजार एक सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्।

WhatsApp Image 2026-07-03 at 2.37.58 AM (1)यसैगरी, केएमसीले कालिका नगरपालिका–१० स्थित चेपाङ बस्तीको निबुवाटार आधारभूत विद्यालयमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विद्यालयमा विशेषज्ञ चिकित्सकसहितको टोली पुगेपछि सेवाग्राहीले सहज रूपमा स्वास्थ्य सेवा पाएका थिए। सो अवसरमा केएमसी दुवाकोट आउँदा चेपाङका लागि अस्पतालमा उपलब्ध उपचार सेवा निःशुल्क प्रदान गरिने जानकारी पनि दिइएको थियो। 

WhatsApp Image 2026-07-03 at 2.37.56 AM (1)दुवै शिविरमा बालरोग, हाडजोर्नी तथा नशारोग, शल्यक्रिया, छाला तथा यौनरोग, आँखा, दन्त, नाक, कान तथा घाँटी, मुटुरोग, स्त्रीरोगलगायत मनोरोगसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क उपलब्ध गराइएको थियो। साथै रगत र पिसाब परीक्षणको सुविधासमेत प्रदान गरिएको थियो।

WhatsApp Image 2026-07-03 at 2.37.55 AM (1)स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयले आफ्नै बस्तीमा विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा राहत महसुस गरेका थिए। शिविरमा रोगको प्रारम्भिक पहिचान, आवश्यक स्वास्थ्य परामर्श तथा थप उपचारका लागि सिफारिससमेत गरिएको आयोजकले जनाएको छ।

WhatsApp Image 2026-07-03 at 2.37.58 AMशिविरबाट प्रत्यक्ष रूपमा सयौं स्थानीय लाभान्वित भएका छन् भने स्वास्थ्य सचेतना अभिवृद्धिमार्फत हजारौं नागरिकमा सकारात्मक प्रभाव पुगेको छ। नेपाली कांग्रेसका लोकप्रिय नेता सुनील शर्माद्वारा सञ्चालित केएमसीले दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै आएको छ। शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्।गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर निःशुल्क स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।

WhatsApp Image 2026-07-03 at 2.37.59 AM

WhatsApp Image 2026-07-03 at 2.37.56 AM (3)