सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा कर्णाली नदीमा खस्दा १४ यात्रुको अवस्था अज्ञात भएको छ।
कर्णाली ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको गाडी कर्णाली राजमार्गबाट करिब ५०० मिटर तल नदीमा खसेर डुबेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन।
दुर्घटनापछि तल्लो ढुंगेस्वर, पाल्तडा र राकम कर्णालीबाट प्रहरी परिचालन गरिएको छ भने उद्धारका लागि सशस्त्र प्रहरीसँग पनि समन्वय गरिएको छ। बेपत्ता गाडी र यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




















