ट्राफिक प्रहरीले यही असार १४ गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा राखिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेको छ।
ट्राफिक प्रहरीले विभिन्न सवारी साधनका कालो सिसा र सिसामा टाँस गरिएका कालो स्टिकर हटाइरहेको छ।
तर, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेदेखि मन्त्री र सांसदका गाडीमा भने कालो सिसा यथावत रहेको पाइएको छ।
बुधबार केन्द्रीय सदस्यको शथप समारोहका लागि पार्टी कार्यालय वनस्थली पुगेका अधिकांश नेता कार्यकर्ताको गाडीमा कालो सिसा नै देखिएको हो।




















