कोशी प्रदेश सभाको मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित भई नयाँ मिति निर्धारण गरिएको छ। प्रदेश सभा सचिव सुदर्शन खड्काका अनुसार कोशी प्रदेश सरकारको अनुरोधका आधारमा बैठकको समय परिवर्तन गरिएको हो।

नवौँ अधिवेशनअन्तर्गत १६औँ बैठक असार ११ र १६ गते निर्धारित समयमा सञ्चालन हुन नसकेपछि नयाँ कार्यतालिका तय गरिएको उनले जानकारी दिए।

प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक आगामी असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।