श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले यही जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय मागेर उनले सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन्।

“प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ। प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो बोली सच्याउनुपर्छ,” उनले भने।

प्रतिनिधिसभा नियमावलीका नियम बेवास्ता गरिएको भन्दै उनले परिपालना गर्न पनि आग्रह गरे।