सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।
वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३ स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो। एम्बुलेन्समा गाँजा बरामद भएसँगै चालक तथा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको छ। उक्त एम्बुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा सञ्चालित रहेको खुल्न आएको छ।
लागूऔषधको उत्पादन, सञ्चय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो।




















