सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। केहीबेर अघि बैठक सुरु भएको हो।
बैठकमा सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने विषयमा छलफल केन्द्रित भएको छ। सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई विगतमा अभ्यास थियो।
यसअघि चैत २७ गते प्रतिनिधिसभाको सबै समिति गठन भएका थिए। त्यसका लागि सत्ताको नेतृत्व गरेको रास्वपाले संसदीय समितिका सभापति छान्नका लागि बैठक बोलाएको थियो। तर रास्वपाले सार्वजनिक लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने सम्भावना बलियो छ।
बैठकमा एमालेबाट गुरु बराल र पदमा अर्याल, माओवादीबाट वर्षमान पुन र युवराज दुलाल, कांग्रेसबाट भीष्म आङदेम्बे र मोहन आचार्य सहभागी छन्।




















