नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ।

चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो। बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ।

सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका हुन्। सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ। उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत हुने बताइसकेका छन्। यद्यपि बैठकमा छलफल गरेपछि यो विषयमा कांग्रेसले निर्णय लिनेछ।