मोरङको सुन्दरहरैँचामा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का किशोर गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा–५ बाँसबारीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ आउँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको हो।

स्कुटरको पछाडि सवार काफ्ले दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ। 

टिपर र चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ।