साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको उल्लेख गर्दै साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्नेहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ।

शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखाडाहरुमा र इजरायलमा आक्रण जारी राखेको छ।

इरानले बदलास्वरुप मध्यपूर्वका खाडी मुलुकहरुमा निरन्तर आक्रमण जारी राखेको छ। अहिले पनि निरन्तर खतराको साइरन बज्ने र आकासमा ड्रोन उडिरहेको देखिएकाले नेपालीहरु त्रसित छन्।

युएईको एक विमानस्थलमा समेत आक्रमण हुँदा सुरक्षा गार्डको रुपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।